rachak rai album geet itahari२६ भाद्र, सुवास संकल्प इटहरी । संगीत यस्तो चिज हो जसले हरेक मानिसको मन मष्तिष्क लाई ताजा बनाउछ । कुनै पल दुखमा संगीत सुनिन्छ भने सुख मा पनि संगीत को माधुर्यतामा रमाउने गर्छौ हामि । न त यसको जात हुन्छ न त कसैलाई धनि र गरिब भनेर औल्याउछ ।

सबैमा समान छ संगीत, दिन प्रतिदिन संगीतमा रम्ने र रमाउने हरुको लहर निकै बढ्दो छ । संगीतमा सुर मिलाउनु सामान्य कुरा हैन तर पनि यो क्षेत्र मा लाग्नेको भने कमि छैन । राष्ट्रिय स्तर बाट मात्र नभएर स्थानिय स्तर बाट पनि आफ्नो सपना पुरा गर्न अर्थात आफ्नो संगीत यात्रालाई गन्तब्य मा पुर्याउन बर्षौ देखि दिन प्रतिदिन मेहनत र संघर्ष गरिरहेका छन् ।

यहि क्रममा मोफसल अर्थात भोजपुर को दिङ्ग्लमा जन्मिएर पुर्वको केन्द्र इटहरीबाट आफ्नो संगीत सपना साकार पार्न मेहनत गरिरहेका छन् रक्षक राई । मेहनत नै सफलताको सुत्र मान्ने रक्षकले पहिलो एल्बम केहि बर्ष अगाडी नै बजार मा ल्याईसकेका छन् । आफ्नो पहिलो एल्बम “पहिलो प्रेम” नामांकन गरेर सार्बजनिक गरेपछि प्रतिक्रिया राम्रो बटुलेका रक्षक झनै हौसिएका छन् ।

rachak rai album geet itahari1

रक्षक भन्छन “आफु संग कला छ, गला छ र पनि अहिलेको परिवेशमा यो क्षेत्र मा लागेर सहज रुपले अगाडी बढ्न निकै कठिन रै छ” उनि फेरी थप्छन “पैसा र बैस चल्दो रैछ अहिले, कला पनि पैसामा बिक्न थाले पछि हामि जस्ता मध्यम वर्गका व्यक्तिहरु जहाको त्यहि हुने रैछ।”

“हिड्ने मान्छे लड्छ” भने जस्तै रक्षक पनि नलडी हिड्न सकेका छैनन्, किन कि अवस्था लड्नै पर्ने छ । जस्तो सुकै परिस्तिथि आए पनि संगीत यात्रा लाई निरन्तरता दिने उनको अठोट छ ।

बिगत ५ बर्ष देखि परिवारको साथ् र सपोर्ट सहित अगाडी बढिरहेका रक्षक राई अहिले इटहरीबाटै आफ्नो दोस्रो एल्बमको तयारीमा जुटेका छन् । आफ्ना आफन्त तथा साथिभाईको सहयोगमा दोस्रो एल्बम लाई “मायाको स्पर्श” नाम दिएका छन् ।

“पहिलो एल्बम बजार मा आएपछि सबैको न्यानो माया र आशिर्बाद छ, वहाहरुको त्यो अदृश्य मायाको स्पर्श लाई भुल्न सक्दिन त्यसैले दोस्रो एल्बम मायाको स्पर्श राखेको हो: रक्षक भन्छन ।छिटै नै दोस्रो एल्बम लाई सार्बजनिक गर्ने तयारि गरे संग संगै रक्षकले आफ्नो गीत हरुको म्युजिक भिडियो निर्माण को लागि पनि तयारि थालेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia