ncell dharan concert6

७ असोज, धरान । नजिकिदै गरेको चाडपर्वको अवसर पारी मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले आयोजना गरेको एनसेल मेला २०७३ धरान आईपुगेको छ । आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग खुशीयाली साट्न र चाडपर्वको शुभकामना आदान प्रदान गर्न एनसेलले बिहीबार पब्लिक हाई स्कुल मैदान, धरानमा यो मेला आयोजना गरेकाे हाे ।

नारायणगढ, पोखरा र बुटबलमा दर्शक तथा आगन्तुकहरुलाई भरपुर मनोरन्जन प्रदान गर्दै मन जित्न सफल यो मेलाले धरानका दर्शकहरुलाई पनि उतिकै रोचक र गीत संगीतमय बनाएकाे थियाे । बिहान ११ बजेदेखी सुरू भएकाे मेलामा धरान र अासपासबाट हजाराैकाे संख्यामा उत्सहाजनक उपस्थिती देखिएकाे थियाे ।

कलाकारहरूकाे बेजाेड प्रस्तुतीसंगै धरान र धानेहरूपनि कम्मर मर्कार्इ मर्काइ नाचेका थिए भने अावाज देउ शिर्षककाे गितमा मिलन अामात्यकाे प्रस्तुती दिइरहदा वान्समाेर र सिठीकाे गुञ्जाहट बजेकाे थियाे । त्यसैगरी चर्चित गायक सुगम पाेख्रेलले नजिकिदै अाएकाे बिजया दशमीकाे झल्काे दिनेगरी गित गाएपछि दर्शकहरूले स्टेज नै थर्कने गरी हुटिङ प्रदान गरेका थिए ।

त्यस्तै साेही मेलामा चर्चित हास्य कलाकार सन्दिप क्षेत्रीले पनि मुलुककाे राजनीति अवस्था र समसामयिक बिषयमा मार्मिक ब्यङग्य प्र गरेपछि उपस्थित दर्शकहरूमाझ एकाएक हासाे फाेरा उठेकाे थियाे । त्यसैगरी चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, कमेडी, जादु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु समेत साे मेलामा रहेका थिए ।

मेलामा लाखे नाच, दशैं पिंग, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथ आदी पनि समावेश गरिएकाे थियाे भने नेपाली, ईण्डियन र चाईनिज परिकारका स्टलहरु पनि रहेका थिए ।

धरान पश्चात एनसेल मेला अब असोज ८ गते बिर्तामोडमा पुगेर आयोजना पश्चात समापन हुनेछ । “तीन शहरहरुमा भव्य आयोजना पश्चात पुर्वमा नजिकिदै गरेको चाडपर्वको अवसरमा आफ्नो ग्राहकहरुसँग शुभकामना आदानप्रदान गर्न र खुसीयाली साट्न यो मेला आयोजना गरीएकाे एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताउनुभयाे ।

ncell dharan concert

ncell dharan concert1 ncell dharan concert2 ncell dharan concert3 ncell dharan concert4 ncell dharan concert5
ncell dharan concert7 ncell dharan concert8 ncell dharan concert9 ncell dharan concert10 ncell dharan concert11

तपाईको प्रतिक्रिया

trusted online casino malaysia