२५ कार्तिक , इटहरी। नेपालि सांगीतिक आकाशमा चम्किने सपना धेरै को हुन्छ । यस्तै सपना बोकी सांगीतिक यात्रामा होमिएका एक नव गायक रेशम खड्काले भर्खेरै आफ्नो पहिलो गीतको सुटिङ्ग सम्पन्न गरेका छन् ।
पुर्वको इटहरीमा रहेर केहि समय संगीत साधना गरेर काठ्माण्डौ प्रवेश गरेका गायक खड्काले हाल काठ्माण्डो मै संगीत संघर्ष गरिरहेका छन् । आफ्नो पुरानो कर्म थलो भएकोले अडियोको सम्पूर्ण काम राजधानी मै गरे पनि भिडियो चाहि पुर्व को इटहरीमा गरेका हुन् ।
मायामा जानाजान ढोका को भाब झल्किने गीतको सब्द सिर्जना निश्चल प्रकाशले गरेका हुन् भने गायक आफैले गीतमा संगीत भरेका छन् । आफ्नो पहिलो गीत भएकोले निकै मेहनत यो गीतमा रहेको बताउछन रेशम ।
पुर्वको केन्द्रबिन्दु को रुपमा छोटो समयमा बिकसित हुदै गईरहेको इटहरीमा पछिल्लो समय भिडियो उत्पादनमा सक्रिय डि थ्री प्रोडक्सन नेपाल संगको सहकार्य मा भिडियो को काम सम्पन्न गरिएको हो । पर्यटकिय स्थल गोकुलम रिसोर् मा सुटिङ्ग गरिएको भिडियो मा कन्सेप्ट र निर्देशन इटहरीको मिडियामा सक्रिय सुवास संकल्प को रहेको छ भने भिडियो छायांकन निक बिष्टले गरेका छन् ।
त्यस्तै आर्यन अर्याल, अनु राई र राजु श्रेष्ठ को अभिनय रहेको छन् भने सोम मग्रातीले मेकअप गरेका छन् । केहि सातामै सार्बजनिक गरिने तयारि रहेको उक्त भिडियो सम्पूर्ण काम इटहरी मै हुने भएको छ ।










