bisnu koirala sir12
मंसिर १९ इनरुवा/ निजी विद्यालयहरुको संगठन प्याब्सनको १३ औ जिल्ला अधिवेशनले सुमित थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा इनरुवा ईङलिस बोर्डिङ स्कुलका विष्णु कोइराला निर्वाचित भएका छन ।

त्यसैगरी उपाध्यक्षमा धरानका अनुप योञ्जन, इटहरीका ज्ञानेन्द्र दाहाल, महिला उपाध्यक्षमा इटहरीकै दिलुकुमारी शुब्बा, सचिवमा इटहरीका धनबहादुर लिम्बु, महिला सह–सचिवमा इनरुवाकी सरस्वती लुइटेल र झुम्काका रमेश कार्की र धरानका दिपक घिमिरे निर्वाचित भएका छन ।
कोषाध्यषमा दुहवीका निश्चल राज शाक्य र सह–कोषाध्यक्षमा तरहराका श्यामकुमार राई निर्वाचित भएका हुन् । उनीहरुसँगै २ महिलासहित १६ जना सदस्य समेत निर्वाचित भएका छन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia