- बिरेन्द्र शाह

narayan prasad bhattarai campus chief inaruwa past2

२९ मंसिर, इनरुवा। सुनसरी बहुमुखि क्याम्पस इनरुवाका पुर्व क्याम्पस प्रमुख नारायण प्रसाद भट्टराईको मंगलबार मोटरसाइकल दुर्घटनामा परि निधन भएको छ। सप्तरीको फत्तेपुरबाट इनरुवा तर्फ आउदै गर्दा आफैले चलाएको मोटरसाइकल दुर्घटना हुदा भट्टराईको निधन भएको हो। सोहि मोटरसाइकलमा सवार छोरा महेश भट्टराइ पनि घाइते भएका छन्।

प्रत्यक्षदर्शीका अनुसार साइकलयात्रीलाइ जोगाउदा दुर्घटना भएको हो। भट्टराइको उपचारकालागि सगरमाथा अञ्चल अस्पताल राजबिराज लाने क्रममा बाटैमा मृत्यु भएको हो। स्वर्गिय भट्टराइका तीन छोरी, एक छोरा र श्रीमती रहेका छन्। स्वर्गिय भट्टराइको शोकमा आज इनरुवाका शैक्षिक संस्थाहरु बन्द रहेको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia