आधुनिक युग ग्याजेटको युग हो । नयाँ नयाँ एप तथा सफ्टवेयर बजारमा आइरेका छन् । स्मार्टफोनमा धेरै भन्दा धेरै डाटाहरु संग्रहित गर्ने आवश्यकता बढ्दैछ । तर यस्तोमा सबैभन्दा ठूलो समस्या हुन्छ स्मार्टफोनको स्टोरेज क्षमता । जसका कारण मेमोरी कार्ड प्रयोग गर्नु आवश्यक हुन्छ ।
निश्चित क्षमताको मेमोरी कार्ड फुल भएपछि अर्को प्रयोग गर्नुको विकल्प हुँदैन, किनकी त्यो भरिएपछि त्यसमा अरु डाटा अटाउन सकिँदैन । तर नआत्तिनुस् तपाइँको भरिएको मेमोरी कार्डलाई दोब्बर क्षमताको बनाउन सकिन्छ । तपाइँ आफ्नो १ जिबीको मेमोरी कार्डमा २ जिबी डाटा राख्न सक्नुहुन्छ । यसका लागि एउटा विशेष सफ्टवेयरको आवश्यकता पर्दछ । वास्तवमा यो सफ्टवेयरले डाटालाई कम्प्रेस गरेर २ जिबीसम्मको डाटालाई १ जिबीको मेमोरी कारमा एडजस्ट गरिदिन सक्छ ।
यसका लागि निम्न तरिका अपनाउनुपर्छः
· मेमोरी कार्ड अर्थात् पेनड्राइभलाई आफ्नो ल्यापटप वा कम्प्युटरमा लगाउनुहोस् ।
· मेमोरी कार्डमा रहेका सबै डाटाहरु कम्प्युटरमा कपी गर्नुहोस् ।
· मेमोरी कार्डलाई खाली गर्नुहोस् र कम्प्युटरमा स्काइमेडी नामक सफ्टवेयर डाउनलोड गर्नुहोस् ।
· कम्प्युटरमा सफ्टवेयर इन्स्टल भएपछि एक विन्डो खुल्नेछ जसमा दुइवटा अप्सन देखा पर्नेछन्ः फिक्स र क्यान्सिल ।
· सफ्टवेयरको ब्राउज अप्सनमा गएर मेमोरी कार्डलाई ब्राउज गर्नुहोस् । अनि फिक्स अप्सनमा क्लिक गर्नुहोस् । प्रक्रिया पूरा भएप्छि एप्लिकेसनमा गएर मेमोरी कार्डलाई अनप्लग्ड गर्नुहोस् ।
· अब उक्त मेमोरी कार्डलाई निकालेर पुनः कम्प्युटरमा जोडेर हेर्नुभयो भने तपाइँको मेमोरी कार्ड २ जिबीको देखिनेछ ।