कुनै यात्राका क्रममा झोलामा ल्यापटप बोक्नु आवश्यक मात्र भएको छैन एउटा ट्रेण्ड नै बनेको छ । तर महंगो चिजवस्तु हुनुको नाताले यसको सुरक्षाको विषय निकै संवेदनशील हुने गर्छ । घरमा होस् वा यात्रामा, आफ्नो महत्वपूर्ण प्रयोगको वस्तु ल्यापटपको सुरक्षालाई प्राथमिकता दिनैपर्छ । यसका लागि निम्न ५ टिप्स उपयोगी हुन सक्छन्ः
· प्याडेड कभरः यात्रामा विभिन्न उतारचढाव आउन सक्छन् । त्यसैले त्यस्ता कठिनाइ तथा कठीन परिस्थितिमा ल्यापटपलाई सुरक्षित राख्नका लागि ल्यापटपलाई सुरक्षित खोलमा राख्नु आवश्यक हुन्छ । सामान्य खाले कभरमा राख्दा ल्यापटप सुरक्षित हुन सक्दैन । त्यसैले ल्यापटपलाई प्याडेड कभरमै राख्नुपर्छ । बजारमा विभिन्न खाले गुणस्तरीय ल्यापटप ब्याग तथा कभरहहरु उपलब्ध छन् ।
· आद्रता र तापः ल्यापटप यस्तो मेसिन हो जुन आद्रता अर्थात् ओसिलोपना र तापबाट छिटै प्रभावित हुन्छ । त्यसैले ल्यापटपलाई बढि तातो ठाउँमा नराख्नुस् । हिट एण्ड ह्युमिडिटी मिटर खरीद गर्दा राम्रो हुन्छ र ल्यापटप स्टाब्लाइजरको पनि प्रयोग गर्नुहोस् ।
· चोरबाट बचाउनुहोस्ः तपाइँकेा ल्यापटप कुनै चोरको नजरमा पर्नसक्छ । त्यसैले ल्यापटप बोकेर हिँड्दा होस् वा कुनै ठाउँमा राखेर छाड्दा निकै होस पूराउनुपर्छ । कुनै झोलामा राखेर वा बाहिरै लापरवाही ढंगले ल्यापटप छाड्नु हुँदैन ।
· पब्लिक वाइफाइबाच बच्नुहोस्ः सार्वजनिक स्थानमा ल्यापटप प्रयोग गर्दा वाइफाइ सिग्नल देखियो भने कति खुसी होइन्छ । तर उक्त वाइफाइको प्रयोग गर्नुअघि होसियार हुनुस् । सार्वजनिक रुपमा उपलब्ध यस्तो वाइफाइ ह्याकर्सले छाडेको हुनसक्छ । ता की ह्याकरले तपाइँको कम्प्युटरमा भाइरस हालिदिएर तपाइँको डाटा चोर्नसक्छ।
· सुरक्षाः तपाइँको ल्यापटप हरायो भने तपाइँको महत्वपूर्ण डाटा, पूराना तस्वीरहरु पनि हराउँछन् । त्यसैले ल्यापटप लिएर यात्रामा निस्कनुअघि सबै डाटा हार्ड डिस्कमा सेभ गर्नुस् । जसका कारण तपाइँको ल्यापट चोरी भइहालेमा पनि डाटाहरु आफैसँग हुनेछन् । अति गोप्य कुराहरु ल्यापटपमा नराख्नु नै राम्रो होला ।अनलाइनखबरबाट