i-Phone-Pestol

आइफोन जस्तै देखिने पेस्तोल बनेपछि यूरोपका प्रहरी तनावमा छन् ।समाचार एेजेन्सी पिटीआईका अनुसार अमेरिकामा बनेको यो पेस्तोल बिक्री शुरू भएपछि यूरोपमा स्मग्लिङको लागि लाने कोशिस हुनेछ ।

९ मिलीमीटर साइजको यो पेस्तोल सजिलै लुकाउन सकिने र आईफोन जस्तै देखिने भएकाले यसको ओसारपसार बढ्नेमा प्रहरी चिन्तित भएका हुन् । अरु बेलामा आइफोन जस्तै देखिने यो पेस्तोल एउटा बटन थिचेपछि हतियार बन्छ ।

इवनिङ स्टैंडर्ड नामक अखबारका अनुसार अमेरिकामा यो पेस्तोल लन्च हुने वित्तिकै आपराधिक संगठन यसलाई यूरोपमा लान सक्रिय हुनेछन् ।३३ हजार रुपैयाँ पर्ने यो पेस्तोल आइफोन भन्दा पनि सस्तो छ । आउँदो हप्तादेखि अमेरिकामा यो पेस्तोल बेच्न थाल्ने उत्पादक कम्पनीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia