काठमाडौं, माघ १६ । अमेरिकाको केन्द्रीय अनुसन्धान एजेन्सी (सीआइए) ले नेपाली आकाशमा रहस्यमय यान देखिएको सनसनीपूर्ण खुलासा गरेको छ । सीआइएले हालै सार्वजनिक दस्तावेजमा यस्तो दाबी गरेको हो ।
उक्त दस्तावेजका अनुसार सन् १९६८ मार्च २५ मा पोखरा नजिकै त्यस्तो यान देखा परेको हो । रातको समयमा देखिएको सो यान निकै चम्किलो रहेको सीआइएको दाबी छ ।प्रतिवेदनअनुसार करिब ६ फिट आधार र ४ फिट उचाइको सो यान केहीबेर देखिएको र उक्त क्षेत्र कास्कीको बाल्टीचौर आसपासको क्षेत्र भएको बताइएको छ ।









