२७ माघ, दिपेन्द्र यादव इनरुवा। स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिक्दैँ जादाँ सुनसरी सदरमुकाम इनरुवामा रहेको सुनसरी बहुमुखी क्याम्पसमा विहिबार एक कार्यक्रम विच सदभावना विद्यार्थी मंचको इकाई समिति गठन भएको छ । त्रिविले वित ८ वर्ष देखी स्थगित गरेको चुनावको मिती फागुन १४ गते तय गरी पत्राचार गरेपछि विभिन्न दलका भातृ संगठनहरु आफनो एकाई समिति गठन गर्ने तयारीमा जुटेको छ ।
विहीबार सदभावना पार्टीका भातृ संगठन सदभावना विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किसोर यादवको प्रमुख अथित्यमा सुनसरी बहुमुखी क्याम्पसमा विएड तेस्रो वर्षमा अध्ययनरत्त छात्रा प्रमिला मेहता (निशा)को अध्यक्षतामा १९ सदस्य क्याम्पस एकाई समिती गठन भएको छ ।
सो गठित समितिको उपाध्यक्षमा युवराज ठाकुर, महान्नद यादव चयन भएका छन् भने सचिवमा भुपनारायण शाह, कोषाध्यक्षमा रिंकु यादव रहेको सदभावना विद्यार्थी मंचले जनाएका छन् ।
त्यस्तै सदस्यहरुमा चन्दन मेहता, संगीता उँराव, सविता उँराव, सोनिया मण्डल, रुवी मेहता, रामकृष्ण मेहता, सन्दिप रायमाझि, मेनुका यादव, रन्जना यादव, चन्दन शाह, श्यामकिसोर मेहता, चन्दन मेहता, विनोद मेहता लगायतका विध्यार्थिहरु चयन भएको छ । त्यस्तै सो कार्यक्रममा विद्यार्थी मंचका प्रवत्ता नेहा मण्डल, प्रेस मंचका केन्द्रिय सदस्य चन्दन रौनियार, प्रेस मंच सुनसरीका अध्यक्ष दिपेन्द्र यादव लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो।
यता स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आउन दुईं सता मात्र बाँकी रहदाँ क्याम्पसमा नेविसंघ, संघिय समाजवादी विद्यार्थी फोरम नेपाल, मधेशी विद्यार्थी फोरम लोकतान्त्रिक लगायतका विद्यार्थी संगठनहरु चुनावको तयारीका लागी आफनो जिउज्यान लगाई भिरेको पाईएका छन् ।
फोटो: चन्दन रौनियार









