२९ माघ, अंशु बिराटनगर । गायक सुमित खड्का को राष्ट्यि गितिएल्वम “आहवान” बिराटनगरमा एक कार्यक्रमका बिच बिमोचन भएको छ। करीव ६ सय भन्दा बढि नेपाली गितमा आफ्नो स्वर दिइसकेका खड्का को आहवान भने ५ औ राष्ट्भाव बोकेको एल्वम हो ।
७ वटा राष्ट्भावबोकेको गितीएल्बमको शब्द भने ध्रुव राज पौडेलको रहेको छ भने संगित शक्ति बल्लभ को रहेको छ । एल्वममा संसारले सोधे यो मेरो देश , संसार भरी छरीएका , नेपालको माटोमा फुल्यो , बाल्नु पर्छ आशाको दियो, सवै भन्छन् हामि गरीव र हामि युवा देशका लागी लगायतका गीत समावेश गरीएको छ । कार्यक्रममा जिल्ला प्रशासनका पदाधिकारी ,उद्योगपति लगायतको उपस्थीती रहेको थियो । उक्त एल्मब बिक्री बाट आएको रकम भने नेपाल अपाँग महिला संघ पुर्वाञ्चलको सहयोगमा दिइने गायक खड्काले बताए ।









