काठमाडौं, फागुन २ / मनाङ,मुस्ताङ,हुम्ला,जुम्ला र डोल्पामा आइतवार नयाँ शैक्षिक सत्र सुरु भएको छ । ती दुर्गम जिल्लामा पठाउनुपर्ने पुस्तक भने आइतवारसम्म काठमाडौंमै छन् । पाँचै जिल्लामा भर्ना अभियान सुरु गरिएपनि १ देखि १० सम्मका सबे पुस्तक नआएको शिक्षा कार्यालयहरुले जनाएका छन् । डोल्पामा निमित्त जिल्ला शिक्षा अधिकार सिंहराज डाँगीले पुस्तक आउने क्रममा रहेको बताए । कक्षा १ देखि ५ को पुस्तक नेपालगन्जमै नभएको उनले बताए ।
जुम्लामा रंगीन पुस्तक पुगेको छैन । जुम्लाका जिल्ला शिक्षा अधिकारी कुलबहादुर फटेराले कक्षा ६ देखि १० सम्मको पुस्तक जिल्ला पठाएपनि विद्यालय पठाउन बाँकी रहेका बताए । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।








