facebookबंगलादेश सरकारले सामाजिक सञ्जाल फेसबुक र अन्य अनलाइन म्यागजिन वेबसाइट बन्द गरेको छ ।बंगलादेशको सुप्रीम कोर्टले दुई वरिष्ठ विपक्षी नेतालाई सुनाइएको फाँसीको सजाय कायमै राखेपछि सरकारले यो कदम चालेको हो ।दुवै नेतालाई सन् १९७१ मा पाकिस्तानविरुद्धको स्वतन्त्रताको लडाइका क्रममा युद्ध अपराधमा दोषी ठहर गरिएको थियो ।विपक्षी नेताद्वय सलाहुद्दीन कादेर चौधरी र अली अहसान मोहम्मद मुजाहिलाई दुई वर्ष पहिले विशेष युद्ध अपरोध प्राधिकरणले जनसंहार र बलात्कारमा दोषी ठहर गरेका थिए ।एक अधिकारीका अनुसार फेसबुक बन्द गर्ने निर्णय कानूनी व्यवस्था कायमै राख्न गरिएको हो ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia