२२ चैत्र, इनरुवा। इनरुवाको कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर इन्जिनियरिंग नामक संस्थाले १६० घण्टे सुरक्षा गार्ड सम्बन्धि तालिम शनिबार (१९।१२।२०७३) का दिन भोजपुरमा उदघाटन गरेएको छ।

व्यावसायिक तथा सीप विकास तालिम केन्द्र इटहरीको वित्तिय सहयोगमा उक्त सुरक्षा गार्ड सम्बन्धि तालिम सञ्चालन भएको हो। वैदेशिक रोजगार तथा युवा स्वरोजगारमुलक उक्त तामिलमा जम्मा ४० जना प्रशिक्षार्थिलाई सुरक्षा गार्ड सम्बन्धि सीप तथा ज्ञान दिने संस्थाका प्रबन्ध निर्देशक बिरेन्द्र शाहले बताउनु भयो। ३२ दिन सम्म सञ्चालन हुने सो तालिम भोजपुर सदरमुकामको गोदाम डाँडामा सञ्चालन हुदै आएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia