काठमाडौं। नोकियाको पहिचान रहेको मोबाइल फोन ३३१० एक पटक फेरि बजारमा आएको छ । यो फोन करिव १७ वर्ष पहिले लञ्ज भएको थियो र विश्वमा सबैभन्दा धेरै विक्री भएको फोन बनेको थियो । २००५ मा बन्द हुनु अघि १२।६ करोड युनिट विकेको थियो । अब यसको नयाँ भर्सन लञ्ज भएको छ । नोकियाको ब्राण्ड अब फिनल्याण्डको स्टार्टअप कम्पनी एचएमडीसँग छ ।
उनका अनुसार ३३१० को लञ्ज एक सोचबिचार गरेर चलिएको कदम हो र यसको विक्री बढ्नेछ । ३३१० स्मार्टफोन नभई फिचर फोन नै हो । तर, यसमा सीमित इन्टरनेट सेवा पनि छ ।
यो एस ३०ं अपरेटिङ सिस्टममा चल्नेछ र यसमा थ्री जी वा फोर जीको सट्टा २।५ जीको सुस्त गतिको कनेक्टिभिटी हुनेछ । यसमा दुई मेगाफिक्सलको एक क्यामेरा पनि हुनेछ । ३३१० फोनको सबै भन्दा मुख्य विशेषता ब्याट्री हो । एचएमडीका अनुसार यो फोनले एक महिनाको स्ट्याण्डबाइ टाइम दिनेछ जबकि यमिा २२ घन्टासम्म कुराकानी गर्न सकिनेछ ।









