इटहरी / ‘कहाँमा काट्यो बेतको लौरी’ बोलको गीतबारे इनरुवाअनलाईन, पूर्वेली न्यूज लगायत अन्य सञ्चारमाध्यममा समचार प्रकाशन भए पश्चात कालिम्पोङमा गायक विपुल क्षेत्रीले गंगा वरदानलाई भेटेका छन्  । भेट संगै विपुलले  ‘वान एन्ड वान्ली गंगा दाइसँग,’ फोटोसहित स्टाटस समेत लेखेका छन्, ‘उहाँको कालिम्पोङ यात्रा र लोक संगीतबारे चर्चाका साथमा उहाँसगको प्रिय भेट। उहाँले हाम्रो सहरबारे लेख्नुभएको धुन पनि सुन्न पायौँ। त्यस्तै उहाँको गीत कहाँमा काट्योको कथा पनि।’

यसअघि वरदानले २०३५ सालमा रेडियो नेपालमा रेकर्ड गराएको सो गीत विपुलले क्रेडिट नदिई गाएपछि वरदानले गीत चोरीको आरोप लागेपछि विपुलले पनि फेसबुकमार्फत् आफूले लोकगीतका रुपमा सो गीत गाएको र कहीँ पनि आफ्नो भनेर दाबी नगरेको बताएका थिए। त्यसपछि उनले युट्युबमा सो गीतको भिडियो पनि प्राइभेट समेत गरेका थिए। उता वरदानले पनि अरुले भनेपछि मात्रै विपुलले सो गीत गाएको थाहा पाएको बताएका थिए। गीत र संगीत चोरीबाट आफू दुःखी भएको उनले बताएका थिए।

https://www.instagram.com/bipulchettri/

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia