काठमाडौं । दरबारमार्गस्थित एसबीआई बैंक जानुभयो भने तपाईंको स्वागत एउटा रोबोटले गर्नेछ । ‘परी’ नाम गरेको यो रोबोटले तपाईंलाई बैंकिङ प्रक्रियामा समेत सघाउनेछ । ‘मुलुकमै व्यवसायिक रुपमा उपयोग गरिएको यो पहिलो रोबोट हो,’ पाइला टेक्नोलजीका संस्थापक इन्जिनियर सागर श्रेष्ठले दाबी गरे ।
परीले बैंकमा आउने व्यक्तिलाई स्वागत गरेपछि त्यहाँ भएका चार वटा डिजिटल मेसिन कसरी चलाउनेबारे जानकारी दिने गरेको पाइलाका अर्का सदस्य दीपकमल भुसालले बताए ।
‘वेलकम टु एसबीआई इन टच’, रोबोटले बैंकमा प्रवेश गर्नेहरुलाई भन्छ । रोबोटले आफू नजिक कोही आउँदा त्यसको पहिचान गरेर ‘हेलो आई एम परी, ह्वाट डु यु वान्ट टु डु ?’ भनी नेपाली र अंग्रेजी दुवै भाषमा सोध्ने गरेको छ ।आजको कान्तिपुरमा खबर छ ।









