१० साउन, विराटनगर। महिला तथा बालबालिका कार्यालय मोरङको आयोजनामा तीन महिने सीप मुलक तालिम आज सम्पन्न भएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत अनौपचारिक श्रममा संलग्न महिलाहरुका लागि ३ महिने सीप मुलक (सिलाई कटाई र व्युटी पार्लर) तालिमको समापन गरिएको हो ।

तालिममा साविकको ५० वटा गाविसबाट १-१ जना सहभागी भएका थिए । महिला तथा बालबालिका कार्यालयले तालिम पछि व्यवसाय शुरु गर्नका लागि टेवा पुँजी समेत दिने भएको छ । प्रत्येक सहभागिलाई ६ हजारका दरले टेवा पुँजी कार्यालयले दिने प्रमुख महिला विकास अधिकृत दुर्गा भण्डारी वरालले जानकारी दिनुभयो । उहाँका अनुसार टेवा पुँजीबाट व्यवसाय शुरु गर्न सहज हुने छ । समापन कार्यक्रममा तालिमका सहभागीहरुलाई सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल, जिल्ला कृषि विकास कार्यालयका प्रमुख मनोज यादव लगायतले प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia