१२ साउन, इटहरी । सुनसरीमा रहेर भवन निर्माण गर्दै आएका डकर्मीहरुलाई अझ दक्ष हुनका लागी भुकम्प प्रतिरोधी भवन निर्माणको तालिम सामुहिक रुपमा दिएको छ । मानिस पुरिने चर खन्दैनौ मानिस बस्न योग्य भवन बनाउँछौ भन्ने सामुहिक प्रतिबद्धता गरेका छन इटहरी, रामधुनी नगरपालिका र गढि गाउँपालिकाका तालिम लिएका निर्माणकर्मीहरुले बताए ।

रामधुनी नगरपालिकाको सहयोगमा, ओल्र्डभिजन इन्टरनेशनल र युथ क्रियशन सुनसरीले आयोजना गरेको भुकम्प प्रतिरोधी भवन निर्माण तालिममा सहभागि भएका डकर्मी सहभागि भएका घर निर्माणकर्मी मिस्त्रीहरुले तालिम समापन कार्यक्रममा अव हामी प्रविधि र प्रयोग विधि मिलाएर भुकम्प आउँदा पनि नभत्कने घर बनाएर सर्वसाधारणको ज्यान सुरक्षित तुल्याउँछौ भन्ने उद्घोष समेत गरेका छन ।

दुई समुहमा तालिम प्राप्त गरेका इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका र गढी गाउँकार्यपालिकाका क्षेत्रका घर निर्माण कार्यमा सम्लग्न रहँदै आएका ७१ जना भवन निर्माणकर्मीहरुले तालिम समापनका अवसरमा प्रमाण पत्र ग्रहण गरेका छन् । त्यस अवसरमा तालिम प्राप्त डकर्मीहरुमध्ये सत्यनारायण चौधरी, कृष्ण राजधामी र मोहम्मद आलमले विगतमा हामीले धेरै घर त बनायौ तर ती सवै घरहरु भुकम्पीय जोखिमको दृष्टिकोणले बलियो बनाउन नसकेको आफुहरुले तालिमका क्रममा ज्ञान प्राप्त गरेको बताएका छन ।

तालिमका सहभागिहरुलाई प्रमाण पत्र वितरण गर्दै रामधुनी नगरपालिकाका योजना शाखा प्रमुख हर्षलाल चौधरीले तालिममा प्राप्त गरेका ज्ञान सिप र प्रविधिलाई अधिकतम प्रयोग गरी शहरका घरहरु जस्तोसुकै विपद् आउँदा पनि जोखिममा नपर्ने बनाउनका लागि ध्यान दिनु पर्ने बताए ।तालिममा सहभागि भएकाहरुलाई शहरी विकास विभागका इन्जिनीयरहरु बिनोद सिँह र श्रवणकुमार चौधरीले ती डकर्मीहरुलाई घर निर्माण गर्दा अपनाउनु पर्ने सावधानीसँगै भुकम्पको जोखिमबाट सर्वसाधारणले जोगिन सकिने प्रकारको घर बनाएर दिने कुरामा सँधै सावधान बन्नु पर्ने कुरामा जोड दिएका थिए ।

युथ क्रियशन सुनसरीका प्रल्हाद दाहालको अध्यक्षतामा भएको तालिमको प्रमाण पत्र वितरण कार्यक्रममा आर्थिक अवसर तथा उत्थानशीलता परियोजना निर्देशक सत्यनारायण चौधरी ,वोल्डभिजनका ,भीम पोख्रेल लगायतले ती सवै डकर्मीहरुलाई कार्यक्षेत्रमा सफताका लागि शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia