१६ साउन, इटहरी। राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले पटकपटक रुपमा राखेको मागलाई बेवास्ता गरेको भन्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ । पटकपटक रुपमा औपचारिक र अनौपचारिक ढंगले मागराखी मागपत्र पेशगर्दा र बिज्ञप्ती समेत निकाल्दा क्याम्पस प्रशासनले बेवास्ता गरेपछी तालाबन्दी गर्न बाध्य भएको राप्रविस जनता बहुमुखीका सह सचिव विकेश वाग्लेले जानकारी दिए ।
यसैगरी हाम्रा जायज मागहरुलाई बेवास्ता गर्नु र यस्ता मनपरि तन्त्रको घोर भत्सर्ना गर्दै यी बिकृती र विसंगतिलाई हामी टुलुटुलु हेरि नबसी प्रत्येक विद्यार्थीका शैक्षिक समस्या हलको लागि राप्रविसले आन्दोलनको जुनसुकै आधिवेरी सिर्जना गर्नसक्ने राप्रविस जनता बहुमुखी कार्यवाहक अध्यक्ष दिनेश काफ्लेले बताए ।
पुर्वको शैक्षिक केन्द्रविन्दुको रुपमा परिचित यस जनता बहुमुखी क्याम्पसमाअबको विद्यार्थी आन्दोलन सहमतीको निमीत्त मात्र नभएर परीणाम को लागी भएको पुर्वका प्रभावसाली विद्यार्थी नेता बिकल रेग्मीको भनाइ छ , उनी भन्छन हामी मौन बसेका छैनौं । क्याम्पस प्रशासन लाई विश्वास गरेर सहयोग गर्दै आएका थियौ तर क्याम्पस भित्रको वातावरण अनियन्त्रित हुदै गएको छ। तिनीहरुलाई सही लिकमा ल्याउन हामी क्रियाशील भएका छौं ।
क्याम्पस ले पालना गर्न’पर्ने आचरण, व्यवहार र नम्स पनि हुन्छ । त्यो दायराभित्र क्याम्पस प्रशासन लाई ल्याएरै छाड्छौं । यो हाम्रो प्रतिवद्धता हो । अब हामी एक्लै होइन सबै विद्यार्थी संगठनहरु सँग सहकार्य गरेर हामी अगाडि बढेने छौं । हामीले नै अव जनता क्याम्पसको बेथिति रोक्छौं । हामी शिक्षा मा सुधारको निम्ती अनसन बस्ने सम्मको कार्यक्रम गर्न पछि पर्दैनौं । तर, हामी चाहान्छौं, यस्तो अवस्था नआओस् । निजी विद्यालयहरुले जस्तो चर्को शुल्क असुली तुरुन्त रोक्नुर्पयो । नियम विपरीतको शुल्क असुलि सकेकाहरुको शुल्क फिर्ता गर्नुप¥यो ।
कलेजमा स्वास्थ्य शिक्षाको पढाइ हुन्छ तर, कलेजको शौचालयमा साबुन पानी सम्म राखीदैन। पैसा कुम्ल्याएर बसेर मात्रै भएन । विद्यार्थीलाई सुद्ध खानेपानीको व्यवस्था पनी गर्नुप¥यो । विद्यार्थीको निम्ती गुणस्तरीय शिक्षा , उतरदायी कलेज प्रशासन र सम्मग्र शिक्षा क्षेत्रको विकास हाम्रो एजेन्डा हो र अबको विद्यार्थी आन्दोलन यसैमा जान्छ । त्यस्तै संगठनका राप्रविस सुनसरी जिल्ला सह सचिव सुरेश मिश्रले राप्रविस विद्यार्थीका हक अधिकारका लागि सदैव समर्पित रहेको र यस्ता किसिमका बिकृती र विसंगतिलाई भण्डाफोर गर्नका निमित्त कहिलै पछि नहट्ने भन्दै यो एउटा कास्टिङ मात्र भएको र यसले पनि हाम्रो माग सम्बोधन नभए आन्दोलनको आधिवेरी सिर्जना गर्ने तथा उक्त आन्दोलनवाट हुने क्षतिको जिम्मा क्याम्पस प्रशासन स्वयमले लिनुपर्ने भन्दै उक्त आन्दोलमा सम्पुर्ण विद्यार्थी संगठनलाई ऐक्यबद्धता जनाउन अनुरोध समेत गरेका छन ।









