२२ भाद्र, दिपेन्द्र यादव यनरुवा। सुनसरीको भोक्राहा गाउँपालिका वाड न ७ का विद्यार्थीहरुलाई जिल्ला शिक्षा कार्यालयले रहात स्वरुप कपडा वितरण गरीएको छ ।
स्थानिय सुनसरी खोलाको बाढी बाट प्रभावित साविक नरसिंहका शिवशक्ति प्रा वि, दलित प्रा वि, चित्रगुप्त प्रा वि र हरीजन प्रा वि गरी चार विद्यालयमा राहत स्वरुप स्कुले बालबालिकाहरुलाई कपडा वितरण गरिएको सहायक जिल्ला शिक्षा अधिकारी टेकनाथ रेग्मीले जानकारी दिनुभयो ।
सहायक जिशिअ रेग्मीका अनुसार बाढीमा कतिपय बालबलिकाहरुको लत्तापडा बगाएपछि शिक्षा कार्यालयले राहत स्वरुप लगभग तीन सय भन्दा बढी विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । यता नरसिंहका सो स्कुलहरुमा विद्यार्थीको संख्या २० देखी ३० जना सम्म मात्र अध्ययन गर्न आउने गरेपनि आज स्कुलका प्रधानाध्यापक तथा शिक्षकहरुले स्कुलमा अध्ययनरत विद्यार्थीहरुको गुणपुरक संख्या पुर्याउन निजी विद्यालय र नजिकको समुदायीक स्कुलमा अध्ययनरत्त विद्यार्थीहरुलाई राहत स्वरुप कपडा दिएको स्थानियहरुले स्कुल तथा शिक्षा कार्यालयलाई आरोप लगाएको छ ।








