12d

पूर्वको केन्द्र इटहरीमा हालै निर्माण कार्य सम्पन्न फन १२ डि सिनेमा हलको असोज १ गते शुक्रबारका दिन औपचारीक कार्यक्रम बिच उदघाटन भएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी ओमप्रशाद अधिकारीले गरेको उदघाटनसंगै उक्त सिनेमा शुक्रबारबाट सञ्चालनमा आएको छ ।उपत्यकाबाहिर र पूर्वाञ्चलमा पहिलो पटक स्थापित यस सिनेमामा दर्शकहरुले अरु सिनेमामा भन्दा निकै फरक महसुस गर्न सक्ने सिनेमाका सञ्चालक सञ्ज्य राइले बताए । सिनेमाको पर्दामा प्रदर्शन भइरहेको दृष्यहरुमा आफु सहभागी भए जस्तो महसुस गराउने सिनेमा हल पूर्वको इटहरीमा पहिलोपटक स्थापना भएको हो । उक्त सिनेमाहल भित्र एक पटकमा ६ जनाले मनोरञ्जन लिन सक्ने सञ्चालक राइले बताए ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia