३० भाद्र, सुवास संकल्प ईटहरी। गायन बिधामा लोकप्रिय टि भि रियालिटी शो नेपाल आईडलको महायुद्ध अब अन्तिम चरणमा आईपुगेको छ । अब केही दिन मात्रै बाकी छ । फाईनलको लागि निशान भट्टराई, प्रताप दास र बुद्ध लामा प्रतियोगीको रुपमा खडा हुनेछन ।
भर्खरै मात्रै आफ्नो आफ्नो ठाउँ पुगेर भोट अपिल गरेका यी तिनै प्रतियोगिको लागि भोटिङ खुल्ला भएको छ । आफ्नो मनपर्ने प्रतियोगिलाई एक साता सम्म निरन्तर भोट गर्न सकिने छ । यहि सेप्टेम्बर २२ तारिखका दिन कतारको दोहामा नेपालको पहिलो नेपाल आईडलको फाईनल हुनेछ । आफ्नो ठाउमा भोट अपिल गर्न पुग्ने प्रतियोगिहरु मध्ये निशान भट्टराई निकै लोकप्रिय बनेका छन । उन प्रस्तुती तथा फ्यान संगको भिडियोहरु अहिले युटुबमा भाईरल भैइरहेको छ भने उनको बारे बनाईएको एक भिडियो सर्बाधिक हेरिएकोले युटुबको पहिलो स्थान कब्जा गर्न सफल भएको छ ।








