२६ असोज, इनरुवा। बराह नगरपालिकाका निर्वाचित जनप्रतिनिधिकालागि एक दिने मानव बेचविखन तथा ओसारपसार विरुद्ध अभिमुखिकरण तालिम दिइएको छ । प्यान फिल्ड अफिस मोरङको सहकार्य तथा बराह नगरपालिकाको समन्वयमा साझा सवालकालागि साझा मञ्च कोकनले इटहरीमा अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो ।
मनव बेचविखन तथा ओसारपसार बिरुद्ध अवधारणागत स्पष्टता, जनप्रतिनिधिको भुमिका र स्थानिय बजेट निर्माणमा महिला तथा बालबालिकाका सवालहरुको प्राथमिकीकरणको उद्देश्यसाथ कार्यक्रमको आयोजना गरिएको कोकन कार्यक्रम संयोजक तथा उपाध्यक्ष मञ्जिता उपाध्यायले बताइन् ।

कार्यक्रममा बराह नगरपालिकाका मेयर निलम खनाल, उपमेयर कमला मगर, प्लान इन्टरनेशनलका कार्यक्रम प्रबन्धक ओम श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । सो कार्यक्रममा बराह नगरपालिका मेयर,उपमेयर,वडा अध्यक्ष,महिला सदस्य गरी ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण अधिवक्ता एवं मानव अधिकारकर्मी कोषराज न्यौपाने गरेका थिए । बेचविखन नियन्त्रण तथा सचेतिकरणमा जनप्रतिनिधिको भुमिकाको खोजी र मानव बेचविखन तथा ओसारपसार बिरुद्ध अवधारणागत स्पष्टता तथा कानुनी प्रावधानहरको बारेमा कार्यक्रममा छलफल भएको कार्यक्रम संयोजक हेमन्तराज पौडेलले बताए ।








