aago-bata-daura

भारतले नेपालमा लगाएको नाकाबन्दीका कारण इन्धनको चरम अभाव भोगीरहेकामा खुसीको अवर छ ।ग्यासका अभावमा खाना पकाउन र विजुलीको अभावमा अध्यारोमा बस्न बाध्यहरुलाई खाना बनाउदा बिजुली बाल्न मिल्ने उपकरण विश्व बजारमा आएको छ ।तपाई हामीले सोलारबाट, हाइड्रोपावरबाट विजुली बालेको देखेका छौं तर दाउराको चुल्हो वा ग्यासको चुल्होमा खाना पकाउँदै गर्दा त्यसबाट पनि बिजुली निस्किन्छ भन्ने कुरा थाहा पाएका छैनौं । बैज्ञानिकहरुले खाना पकाउदा बालिने आगोबाट बिजुली निकाल्न सकिन सफल परीक्षण समेत गरी सकेका छन् ।खाना पनि पाक्ने र त्यसबाटै विजुली उत्पादन गरी बत्ति बाल्न, मोबाइलका व्याट्री चार्ज गर्न सकिने उनीहरुले सफल परीक्षण गरेका हुन् । त्यसका लागि विशेष भाँडोको भने आवश्यकता पर्दछ । जसमा आगोको तापले पानी उम्लिएपछि करेन्ट प्रवाह हुने पद्धति जडान गरिएको हुनुपर्छ ।अहिले हामी आम नेपालीले नाकाबन्दीको मार खेपिरहेका छौ, बजारमा ग्यास छैन, खाना दाउरामा पकाउन थालिसकेका छौं, लोडसेडिङको त्यस्तै समस्या छ, यी यावत समस्याबाट छुटकारा पाउनका लागि यो पद्धति निकै नै उपयोगी सिद्ध मानिएको छ ।

 

भिडियोकोलागि तल क्लिक गर्नुहोस

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia