चीनले अवैधानिकरुपले सञ्चालन हुँदै आएका १३ हजारभन्दा बढी वेभसाइटलाई बन्द गरिदिएको जनाइएको छ । चिनियाँ संसद्को स्थायी समितिका एकजना उपाध्यक्ष वाङ सेन्ङजुनले सन् २०१५ देखि अहिलेसम्म १३ हजारभन्दा बढी वेभसाइट बन्द गरिएको जानकारी दिनुभएको हो । यो अवधिमा अरु दुई हजार २०० वेभसाइटका सञ्चालकलाई पनि बोलाएर कुराकानी गरिएको उहाँले बताउनुभयो । इन्टरनेट सेवाको आचार संहिता उल्लङ्घन गरेको भन्दै झण्डै एक करोड इन्टरनेट एकाउन्ट बन्द गरिएको छ । ती वेभसाइटले आतङ्कवादीलाई सहयोग गरिरहेको तथा अश्लिल दृश्यको प्रयोग गरिरहेकाले हटाइएको बताइएको छ । “यो हटाउने कार्य निकै प्रभावशाली र रक्षात्मक कदम हो,” वाङले भन्नुभयो । हटाइएको सम्वन्धी विवरण आगामी संसदीय बैठकमा पेस गरिने भएको छ । सो बैठक आगामी बुधबार बस्ने जनाइएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भायानेटले ल्यायो वाइफाइ ६ — बफरिङ र कमजोर सिग्नलको अन्त्य
नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले ‘वाइफाइ ६’ प्रविधिमा आधारित नयाँ इन्टरनेट...
खेलकुद क्षेत्रमा भायानेटको नयाँ पहल, चितवन राइनोजसँग सहकार्य
इन्टरनेट सेवा प्रदायक भायानेट खेलकुद क्षेत्रमा पनि सक्रिय बनेको छ। कम्पनीले नेपाल प्रिमियर लिग (एनपिएल) का सहभागी टिम चि...
सरकारलाई ठूलो चुनौती: ठूला सामाजिक सञ्जाल अझै सूचीकृत भएनन्
काठमाडौँ । नेपालमा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्मलाई सूचीकृत गर्न सरकारले दिएको सात दिनको समयसीमा गएराति सकिएको छ । स...
अमेरिकी उत्पादन आइफोन अमेरिकामै अत्याधिक महंगो !
काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पललाई अमेरिका बाहिर बनेका आईफोनहरूमा २५ प्रतिशत कर लगाउने धम्की दिएका ...
ट्रम्प प्रशासनले टिकटकलाई ७५ दिनको समय थपिदियो
काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामाजिक सञ्जाल एप टिकटक बेच्ने समयसीमा फेरि बढाएका छन्। अब यो भिड...
शनि ग्रहलाई घुम्ने १२८ उपग्रह फेला
खगोलविद्हरूले शनि ग्रहलाई घुम्ने अरू १२८ उपग्रह फेला पारेका छन् । योसँगै शनिको परिक्रमा गर्ने चन्द्राको संख्या २७४ पुगेक...








