१३ पौष, दिपेन्द्र यादव इनरुवा। सुनसरीको हरिनगरा गाउँपालिका घुस्कीमा तिन महिने महिला स्व-रोजगार समबन्धि सिलाई कटाई तालिम समपन्न भएको छ । नवयुग समाजिक तथा सास्कृतिक विकास केन्द्र घुस्कीको आयोजना तथा स्थानिय दानविर नामक संस्थाको सहयोगमा तिन महिने सिलाई कटाई तालिम समपन्न भएको हो ।
सो कार्यक्रममा हरिनगरा गाउँपालिका घुस्कीका ४२ जना किसोरीहरुको सहभागीतामा तिन महिने सिलाई कटाई कार्यक्रम समपन्न गरेको संस्थाका अध्यक्ष मुर्सिद अंसारीले जानकारी दिनुभयो । स्थानिय किशोरीहरुलाई स्व-रोजगार बनाउँने उदेश्यले कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष अंसारीले बताउँनु भएको छ । वहाँका अनुसार ग्रामिण भेगका महिलाहरु बेरोगारीको सम्स्याले घर बस्न बाध्य भएका यस सिलाई कटाई कार्यक्रममा सहभागी भएका किशोरीहरु घरमै बसेर स्व-रोजगार हुने अध्यक्ष अंसारीको भनाई रहेको छ ।
सो कार्यक्रममा सुनसरी निर्वाचन क्षेत्र नं. ४ प्रदेशसभा ‘ख’ का विद्यायक ताहिर मिँयाको प्रमुख अथित्य र नवयुग समाजिक तथा सास्कृतिक विकास केन्द्र घुस्की अध्यक्ष मुर्सिद अंसारीको अध्यक्षतामा कार्यक्रममा सहभागी किशोरीहरुलाई प्रमाणपत्र वितरण गरी कार्यक्रम समपन्न गरेको हो । समपन्न कार्यक्रमको विशिष्ठ अथितीमा हरिनगरा गाउँपालिका का उपध्यक्ष रिमझिम भगत, अथितीहरुमा शसस्त्र प्रहरी बल विओपी घुस्कीका इन्चार्ज विक्रम खड्का, सहयक प्रहरी निरिक्षक उपेन्द्र क्षेत्री, घुस्की प्रहरी चौकीका प्रसनी चन्द्र अधिकारी, हरिनगरा गाउँपालिका वार्ड नं. ६ का अध्यक्ष दावुद अंसारी लगायतका व्यक्तिहरुको उपस्थिीमा कार्यक्रम समपन्न गरेका छ ।








