१६ पौष, इनरुवा। सुनसरीका अधिकांश निजी विद्यालयहरु आफूले अनुमति लिएको भन्दा बढी कक्षा अवैध रुपमा सञ्चालन गरिरहेको पाइएको छ । जिल्लाको ग्रामिण क्षेत्रमा बढी मात्रामा निजी विद्यालयका नाममा अभिभावकलाई ठग्नका लागि अनुमति भन्दा बढी कक्षा अबैध रुपमा सञ्चालन गरिरहेको पाइएको हो ।

ग्रामिण क्षेत्रका विद्यालयहरु केही सामूदायिक विद्यालयका भ्रष्ट मानसिकताका प्रधानाध्यापकहरुको मिलीभगतमा अवैध कक्षा सञ्चालन गरिरहेको गुनासो आएको हो । जिल्लाका भोक्राहा गाउँपालिका, कोशी गाउँपालिका, बर्जू गाउँपालिका, हरीनगरा गाँउपालिका र देवानगन्ज गाउँपालिका लगायतका स्थानमा अनुमति भन्दा बढी कक्षा सञ्चालन गरेर जनतालाई ठगिरहेको र सरकारलाई तिर्नुपर्ने कर छली गरिरहेको स्थानीयहरुले बताएका छन् । जिल्लाको हरीनगरा गाउँपालिका स्थित होली लाईफ स्कुल, होली लाईफ पब्लीक स्कुल, कोशी गाउँपालिकाको जयविशाहारा बोर्डिङ स्कुल लगायतका दर्जनौ विद्यालयहरुले ठगी गर्ने उद्धेश्यले अबैध कक्षा सञ्चालन गरेको हाम्रा स्थानीय सहकर्मीहरुले जनाएका छन् ।

अबैध विद्यालयमा अबैध प्रमाणपत्रधारी शिक्षक र कर्मचारी राखेर अबैध काम गरिरहेको अभिभावकहरुले बताएका छन । निजी विद्यालयको अबैध कारोबारलाई संरक्षण गर्नका लागि केही सरकारी तथा सामूदायिक विद्यालयका प्रधानाध्यापकहरु समेत लागिपरेका छन् । यँहाका अबैध निजी विद्यालयहरुमा कोही विहारको नक्कली प्रमाणपत्र त कोही सप्तरीको उच्च मावीबाट चिट चोरेर लिएको प्रमाणपत्रधारीहरु काम गरिरहेको कारण यँहाका बालबालिकाहरु गुणस्तरिय शिक्षाबाट समेत बन्चित भएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia