२० पौष, अमर काफ्ले इनरुवा। चिसो बढ्ने क्रम नरोकिएपछि विद्यालयहरु बन्द हुन थालेका छन् । चिसो हावासँगै शितलहर चल्न थालेपछि केहि दिनयता पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ। बढ्दो चिसोका कारण विद्यालयमा पुग्ने विद्यार्थीको संख्या कम हुँदै गएको र कष्टकर अवस्थालाई मध्यनजर गर्दै सुनसरीका विद्यालयहरु धमाधम बन्द हुन थालेका छन् ।

इनरुवा नगरपालिका सहित आसपास र दक्षिण भेगका गाउँपालिकाहरुमा चार दिनकालागि विद्यालय बन्द गरिएका छन् । विद्यालयको अधिकार स्थानीय तहको अधिनमा गएकाले सम्वन्धित स्थानीय तहले आफु पायक जाडो बिदाको निर्णय लिन सक्ने जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले बताउनुभयो । चिसो बढ्दो क्रममा रहेकाले बिदा भै नसकेका विद्यालयहरुको हकमा जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा वर्षे विदाबाट कटौति हुनेगरी विद्यालय बिदा गर्न सकिने जिशिअ सुवेदीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia