२३ पौष, काठमाडौं । काठमाडौंस्थित ब्रिटिस काउन्सिलले लिने अंग्रेजी भाषा (IELTS)परीक्षामा प्रश्नपत्र किनबेच हुने गरेको खुलेको छ । प्रहरीले शुक्रबार राति चार सञ्चालकसहित १३ जनालाई पक्राउ गरेको हो । उनीहरु मध्ये विद्यार्थीहरुलाई छाडिएको छ अनयको हकमा अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार प्रश्नपत्र आउट गराउँछु भन्दै विद्यार्थीहरुबाट मोटो रकम असुलेको भेटिएको प्रहरीले जनाएको छ । ‘विद्यार्थीसँग १ देखि २ लाखसम्म लिएको पाइएको छ। लिक गरिएको प्रश्न र शनिबारको परिक्षाको लागि तय भएको थियो । प्रहरीले यसबारे अनुसन्धान भइरहेको भन्दै थप बताएको छैन । घटनाबारे भोलि विस्तृत जनकारी गराइने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।








