काठमाडौं, २७ पुस । सरकारले प्रक्रिाया पूरा नगरी हतारमा सवारीसाधनमा उच्च प्रविधिको इम्बोस्ड नम्बर प्लेट जडान थालेको छ ।इम्बोस्ड नम्बर प्लेट जडान सुरु भए पनि सवारीसाधनको जाँच गर्न आवश्यकपर्ने प्रविधि यातायात व्यवस्था विभागले प्रयोगमा ल्याएको छैन । करिब पाँच सय सवारीसाधानमा इम्बोस्ट नम्बर प्लेट जडान भइसेकेको छ ।
विभागले इम्बोस्ट नम्बर प्लेट जाँचका लागि आवश्यक ह्यान्ड बुक रिडर नम्बर प्लेटमा रहेको सवारी विवरण ट्रयाकिङ मेसिन आरएफआईडी रेडियो फ्रिक्वेन्सी गेट समेत बनाएके छैन तर इम्बोस्ट नम्बर प्लेट जडानमा तीव्रता दिएको छ । आजको अन्नपूर्णमा खबर छ ।








