९ माघ, इनरुवा। सुनसरीका ८५ प्रतिशत विद्यालयमा विद्यालय व्यवस्थापन समिति रहेको दावी गरिएपनि विद्यालय व्यस्थापन समितिलाई नै विद्यालयको बारेमा सूचना अभाव रहेको पाइएको छ । समितिका अध्यक्षहरुलाई विद्यालयका प्रधानाध्यापकहरुले मानव ढालको रुपमा राखेकाले विद्यालयको बारेमा सूचना अभाव रहेको पाइएको हो ।

अधिकांश विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई विद्यालयको बारेमा जानकारी नभएको पाइएको छ । कामचोर र भ्रष्ट प्रधानाध्यापकहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरुलाई मसलन्द, पाठयपुस्तक, छात्रवृत्ति, कर्मचारी तलव, अन्य अनुदान, भौतिक पूर्वाधार निर्माण र विद्यालय सुधार योजना (एसअईपी) निर्माण लागयतका शिर्षकको बजेट रकमको बारेमा पूर्ण जानकारी नदिएको पाइएको छ । कतिपय प्रधानाध्यापकहरुको समितिको अध्यक्षको नाम बेचेर सरकारी अनुदान सगै अन्य ठाउँबाट लाभ लिइरहेको पाइएको छ ।

प्रधानाध्यापकहरुले गरेको फटाही, भ्रष्टाचार र अनियमिततालाई केही अध्यक्षहरुले इन्धन, खैनी , पान र चुरोटमै संरक्षण गरिरहेको पाइएको छ । जिल्लाको सदरमुकाम इनरुवा नगरपालिका, हरीनगरा, भोक्राहा गाउँपालिका, गढी, कोशी, देवानगन्ज, रामधुनी नगरपालिका, इटहरी उपमहानगरपालिका, बराहा नगरपालिका, धरान उपमहानगरपालिका, दुहवी नगरपालिका, बर्जू गाउँपालिका लगायतका गाउँपालिका तथा नगरपालिकाका अधिकाशं सामूदायिक विद्यालयहरुका विद्यालय व्यवस्थापन समितिलाई विद्यालयको बारेमा सूचना अभाव रहेको पाइएको हो ।

अध्यक्षहरुलाई गुम्राहामामा पारेर प्रअहरुले आर्थिक अनियमितता गरिरहेको स्रोतले जनाएको छ । भ्रष्ट मानसिकताका प्रअहरुले आफुखुसी गरेपनि शिक्षा ऐन र कानुनको बारेमा ज्ञानको अभावमा अध्यक्षहरु चुप लागेर बसेको पाइएको छ । अधिकांश विद्यालयका प्रधानाध्यापकहरु बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा दिनुभन्दा आफू अवैध रकम कसरी कमाउने भन्ने विषयमै केन्द्रित रहेको शिक्षकहरुले बताएका छन् । शिक्षकहरुका अनुसार प्रधानाध्यापकहरुले समिति नबनोस नै चाहिरहेका छन् , कतिपय भएका समितिहरुलाई समेत गुमा्रहा पारेर र केही प्रलोभनमा पारेर आफ्नो स्वार्थ सिद्धी गरिहरहेको पाइएको. छ । यस्तो कार्यमा इनरुवा , हरीनगरा र कोशी गाउपालिकाका प्रधानाध्यापकहरु अग्र पंक्तिमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia