काठमाडौं, १२ माघ । ‘हप्तामा तीनपल्ट डायलासिस गर्नुपर्छ, एक हजार २०० को रगत बढाउने सुई किन्नलाई पैसा पुग्यो,’ मिर्गौला रोगी अमृता भण्डारीले भन्नुभयो ।
वीर अस्पतालमा विहिबार जीविकोपार्जन भत्तास्वरुप मासिक पाँच हजार बुझेपछि उहाँले सो कुरा भन्नुभएको हो । मिर्गौला, अर्बुद र स्पाइनल इन्जुरी भई पक्षाघात भएका बिरामीलाई जीविकोपार्जन भत्तास्वरुप मासिक पाँच हजार दिने निर्णय मन्त्रिपरिषद्को गत पुस १३ गते बसेको बैठकले गरेको थियो ।
सोहि निर्णय बमोजिम वीर अस्पतालमा विहिबार उक्त भत्ता वितरण गरिएको हो । यो भत्ता रकम वितरण गर्ने वीर अस्पताल पहिलो अस्पताल हो । आजको हिमालय टाइम्समा खबर छ ।
हुम्ला, १२ माघ – आइतु कट्टेल राहदेव सामुदायिक इकाइकी अनमी हुन् । गाउँमा बिरामीको उपचार गर्दै हिंड्ने उनी महिनावारी हुँदा भने छाउगोठ बस्छिन् । देउता लाग्ने डरले छाउगोठ बसेको उनको भनाई छ ।महिनावारी हुँदा घरमा बस्न नपाउने र बिरामीको उपचार पनि गर्न नपाउने गरेको उनको भनाइ छ । आजको नयाँ पत्रिकामा खबर छ ।








