७ फागुन, राजविराज । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम विद्यालय व्यवस्थापन समिति अनुदान अन्तर्गत समुदाय स्तरमा आयोजित तीन दिने घुम्ती कार्यक्रम सप्तरीको गाउँपालिका बेल्ही चपेना–५ मलेकपुरको सरदार टोलमा सोमबार सम्पन्न भएको छ । राष्ट्रिय प्राथामिक कक्षा पढाई कार्यक्रम सप्तरी जिल्लाभरी विद्यालय मार्फत प्रभावकारी रुपमा संचालन भईरहेको छ । उक्त कार्यक्रमले विद्यालय आउन नसकेको विद्यार्थीहरुलाई विद्यालयमा भर्ना गराउनको लागि संचालन गरिएको हो । पढाईबाट बञ्चित रहेको विद्यार्थीहरुलाई विद्यालय सम्म पहुच पु¥याउने उद्देश्यले संचालन गरिएको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि आसन्नबाट बेल्ही चपेना गाउँपालिकाका श्रोत व्यक्ति राशिन्द्र यादवले प्रभारम्भिक कक्षा पढाई अन्तर्गत कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुको सिकाई उपलब्धि गर्न प्रभावकारी भएको भन्दै समाजमा पिछडिएका तथा विपन्न वर्गका अभिभावकहरुलाई जनचेतनाको लागि यो कार्यक्रम संचालन गरेको र जिल्ला भरीमा सबभन्दा प्रभावकारी रहेको जानकारी गराउनु भयो ।
यूएसएड र आरटीआईको अनुदान तथा नेपाल सरकारको सहयोग र सेभ द सप्तरीको आयोजनामा संचालन गरिएको कार्यक्रमको अध्यक्षता गाउँपालिका बेल्ही चपेना –५ मलेकपुरका वडा अध्यक्ष लक्ष्मी नारायण ठाकुरले राप्रावि मलेकपुरलाई नमूना विद्यालय बनाउने, कक्षा–१० सम्म पठन पाठन सुचारु गराउने र विद्यालयको आर्थिक, सामाजिक स्तरमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अर्ली ग्रेड रिडिङ्ग (इजीआरपी) कार्यक्रममा राप्रावि मलेकपुरका प्र.अ चिरंजीव साह, शिक्षक हरिलाल साह, गौरी प्रसाद शर्मा, दानालाल साह, र हरिनन्दन यादवले सहजकीकरण गर्नुभएको थियो भने उक्त कार्यक्रममा गाउँपालिका वेल्ही चपेना–५ मलेकपुरका वडासदस्यहरु बचकुन मण्डल, राजेन्द्र प्रसाद साह, राजो सरदार, निभा राम, विद्यालय व्यवस्थापन समितिका बसन्त कुमार साह, दिपेन्द्र राम, धर्मनारायण साह, मिना दास, सीता देवी ठाकुर, पत्रकार दिलिप कुमार साह, अभिभावक, शिक्षापे्रमी, सर्वासधारण सहितको व्यक्तिहरुको उपस्थिति रहेको थियो । वालविकास सहजकर्ता आरती कुमारी ठाकुर र विणादेवी साहद्वारा राष्ट्रिय गान प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य शिक्षक गौरी प्रसाद शर्माले गर्नुभएको थियो ।









