इटहरी । सुनसरीको इटहरीमा लामो समय देखि सञ्चालनमा आएको पाथिभरा माध्यमिक विद्यालयले शनिबार अभिभावक भेला कार्यक्रमको आयोजना गरीे विराटनगरमा रहेर मुलुकमै उत्कृष्ठ नतिजा ल्याउदै आएको एभरेष्ट माध्यमिक विद्यालयसंग सहकार्य गरी नयाँ शैक्षिक तथा व्यवस्थामा सञ्चान गर्ने जानकारी दिएको छ । पाथिभरा माध्यमिक विद्यालयका प्रवन्ध निर्देशक निर्मल रिजालले विद्यालयलाई उत्कृष्ठतामा अगाडि वढाउन प्रविधि र बालमनोविज्ञानलाई आधार वनाएर नयाँ शैक्षिक सत्र सञ्चालनमा ल्याइने जानकारी दिए ।
पाथिभरा विद्यालयले अभिभावक भेला गराई आगामी नयाँ शैक्षिक सत्र देखि विद्यालयमा सञ्चालन हुने कार्यक्रमहरुका विषयमा जानकारी गराएको थियो । सो अवसरमा विद्यालयले एभरेष्ट शैक्षिक प्रतिष्ठानसंग सहकार्य गर्ने देखि लिएर विद्यालयमा काठमाडौंमा रहेर लामो समय देखि विभिन्न शैक्षिक गतिविधिमा सहभागी हुँदै आएका शिक्षक शिक्षिकाहरुबाट पठन पाठन गराईने समेत जानकारी गराईयो ।
अभिभावक भेलामा पाथिभरा विद्यालय सञ्चालक समितिका अध्यक्ष टिकाराम पुरी विद्यालयका प्रिन्सीपल सन्तोषकुमार पौडेल, निर्देशक चण्डिाका भण्डारी, एभरेष्ट माविका सहयक प्रिन्सीपल मणीकुमार पौडेलले आगामी दिनमा विद्यालयले सञ्चालन गर्ने गतिविधिका विषयमा चर्चा गरेका थिए ।









