चैत्र १७ इनरुवा/व्यवसायिक पेशा उन्मूख देखिएको मन्टेश्वरी शिक्षा प्रतिको क्रेज घटाउन स्थानीय तहले बालबिकास केन्द्रको रणनीति परिवर्तन गर्ने भएको छ । बाल शिक्षाको प्रारम्भिक चरणलाई मध्यनजर गर्दै स्थानीय तहमा खुलेका बालबिकास केन्द्र बन्द हुने अवस्थामा पुग्दा मन्टेश्वरीका नाममा खुलेका संस्था बिच अस्वस्थ प्रतिष्पर्धा बढ्नु सरकारी शिक्षाप्रतिको उपहास भएको सरोकारवालाहरुको ठहर छ ।
इनरुवा नगरपालिका वडा नम्वर ३ ले नगरकै पहिलो वडाका रुपमा बालबिकास केन्द्र सम्वन्धि नयाँ खाका बनाएर प्रारम्भिक शिक्षालाई सहज र विश्वसनिय बनाउने अभियानको सुरुवात गरेको छ ।


एमालेबाट निर्वाचित वडा अध्यक्ष कालुराम गुरुङले मन्टेश्वरी शिक्षा तर्फको आर्कषण घटाउँदै बालबिकास केन्द्र प्रतिको विश्वास बढाउने गरी काम थालिएको बताए । अन्य वडामा छलफलको क्रममा रहेका योजनालाई वडा नम्बर ३ ले भने कार्यान्वयनको चरणमा लगेको छ ।


७ वटा बालबिकास केन्द्रलाई आवश्यकिय भौतिक तथा शैक्षिक सामाग्री हस्तान्तरण गर्नु भएका वडाध्यक्ष गुरुङले उत्कृष्ठ कार्यसम्पादन मूल्याङकनका आधारमा केन्द्र सहित शिक्षिका र सम्वन्धित केन्द्रका अध्यक्षलाई पुरस्कृत गरिने समेत जानकारी दिए ।कार्यक्रममा सहभागिहरुलाई स्रोत व्यक्ति यज्ञप्रसाद ढकालका साथै जिल्ला अभिभावक संघका अध्यक्ष सरोज सिंहले प्रशिक्षण दिएका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia