- दिपेन्द्र यादव

इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा तिन दिने पत्रकारीता तालिम आज देखी सुरु भएका छ । स्मार्ट सिटी सञ्चार केन्द्र भोक्राहा नरसिंह, सुनसरीको आयोजना तथा भोक्राहा नरसिंह गाउँपालिकाको सहयोगमा आज देखी तिन दिने पत्रकारीता तालिमको उदघाटन भएको हो।

भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष पुनम देवी मेहताले तिन दिने पत्रकारीता तालिमको उदघाटन गर्दै उत्कृष्ट तिन जना प्रशिक्षार्थी पत्रकारहरुलाई थप तालिमको व्यवस्था गरी रोजगारी समेत दिने प्रतिवद्धता व्यक्त गरेकि छिन्। कार्यक्रममा अध्यक्षता स्मार्ट सिटी सञ्चार केन्द्र भोक्राहा नरसिंह, सुनसरीका अध्यक्ष दिपेन्द्र यादवले गरेका थिए ।

सो कार्याक्रमका विशिष्ट अथितीमा भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष रामचन्द्र यादव, वडा नं. ८ को वडाध्यक्ष हात्तिम अंसारी, वडा नं. ५ को वडाध्यक्ष बसरुद्धिन अंसारी रहेका थिए भने अथितीहरुमा स्वास्थ चौकी भोक्राहा नरसिंहका इन्चार्ज रमाशंकर साह, संचारकर्मी सुकदेव चौधरीको रहेको थियो । सो कार्यक्रम बुधबार सम्म निरन्तर चल्ने आयोजक संस्थाका अध्यक्ष यादवले बताए । कार्यक्रममा भोक्राहा गाउँपालिकाका ८ वटै वडाका ३५ जना भन्दा बढीको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia