संघिय मामिला तथा स्थानिय प्रशासन मन्त्रालय ,पिछडा वर्ग उत्थान विकास समिती ज्वागल ललितपुरको आर्थिक सहयोग तथा कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर ईन्जिनियरिंग भद्रपुर शाखाको प्राविधिक सहयोगमा पिछडा वर्ग समुदायका २६ जना यूवायूवतीहरुलाई ४५ दिने आधारभुत कम्प्यूटर तालिम आईतबारका दिन औपचारिक रुपमा सुरु गरियो ।

सो उद्घाटन समाहरोको प्रमुख अतिथी भद्रपुर नगरपालिकाका मेयर श्री जिवन कुमार श्रेष्ठ हुनहुनथियो भने विशिष्ट अतिथी पिछडा वर्ग उत्थान विकास समिति, ज्वागल,ललितपुरका डाईरेक्टर श्री खडग बा कार्की हुनुहुनथियो। पिछडा वर्ग उत्थान विकास समितीकै लेखापाल श्री सोमनाथ खनाल ज्यूले तालिम माथी प्रकाश पार्नुको साथै स्वागत मन्तव्य राख्नु भएको थियो भने OBC भद्रपुरका उपाध्यक्ष श्री कमल सहनी ज्यूले विधार्थीहरुलाई तालिमको शुभकामना दिनु भएको थियो । कार्यक्रमको अध्यक्ष CSE भद्रपुर शाखाका डाईरेक्टर तथा सो तालिमको कोडिनेटर दिप कुमार लिम्बु रहनुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia