
इनरुवा/हाम्रो सञ्जाल नेपाल इनरुवाले संस्था स्थापना दिवसको अवसरमा इनरुवा अस्पतालका विरामीलाई फलफूल विरतण गर्नुका साथै विद्यार्थीहरुकालागि पोशाक उपलब्ध गराएको छ ।
विहान इनरुवा अस्पतालमा पुगेर बिरामीकालागि फलफूल वितरण गरेका संस्थाका प्रतिनिधीहरुले दिउँसो इनरुवा ४ मा रहेको देवकोटा आधारभुत विद्यालयमा पोशाक वितरण गरेको हुन् ।

संस्थाका अध्यक्ष सितोष पोखरेलका अनुसार देवकोटा आधारभुत विद्यालयका एक सय विद्यार्थीलाई विद्यालय पोशाक समेत वितरण गरिएको छ ।

इनरुवा घर भई हाल अमेरिकामा रहँदै आएका हरिवंश दुलालले उपलब्ध गराएको सहयोग रासीबाट संस्थाले विद्यार्थीकालागि पोशाक उपलब्ध गराएको सञ्जाल अध्यक्ष सितोष पोखरेलले जानकारी दिनुभयो ।

प्रथम स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वसँग जोडिएका कार्यहरु सम्पन्न गरिएको सञ्जालले जनाएको छ ।









