इन्टरनेट जाएन्ट गुगलको बारेमा नसुन्ने इन्टरनेट पारखीहरु कमै होलान् । तर गुगलका विषयमा केही त्यस्ता रोचक सन्दर्भहरु छन् जसका बारेमा सबैलाई थाहा नहुनसक्छ । आज हामी गुगलका विषयमा एक दर्जन रोचक सवाल जवाफ प्रस्तुत गर्दैछौँ ।
· गुगलको मुख्यालयलाई के भनिन्छ ?
-गुगलप्लेक्स
· गुगलका सिइओ सुन्दर पिचाइको जन्म भारतको कुन सहरमा भएको हो ?
-चेन्नइ
· गुगलको लोगोमा कति प्रकारका रंगको प्रयोग गरिएको छ ?
-चार
· गुगलले बनाउने स्मार्टफोनकेा नाम के हो ?
-नेक्सस
· गुगलको होमपेजमा देखाइने फोटोलाई के भनिन्छ ?
-गुगल डुडल
· गुगलका संस्थापक को को हुन् ?
-ल्यारी पेज र सर्गेइ ब्रिन
· गुगलको स्थापना कहिले भएको हो ?
-४ सेप्टेम्बर १९९८
· गुगलको एन्ड्रोइड अपरेटिंग सिस्टमलाई पहिले के भनिन्थ्यो ?
-अल्फा
· गुगल मुख्यालयको बगैँचामा पलाएको घाँस खानका लागि कुन जनावर ल्याइन्छ ?
-बाख्रा, जुन क्यालिफोर्निया ग्रेजिंग नामक बाख्रा फार्मबाट ल्याइन्छ ।
· गुगल सर्चमा एक सेकेण्डमा कतिपटक खोजी गरिएको हुन्छ ?
-२० लाख पटक
· गुगलका कर्मचारीको मृत्यु भएमा श्रीमती र छोराछोरीले कति भत्ता पाउँछन् ?
-श्रीमतीले १० वर्षसम्म श्रीमानको तलबको आधा तलब र छोराछोरी हरेकले १९ वर्षको हुँदासम्म प्रतिमहिना १ हजार डलर ।
· गुगलले कति किताब स्क्यान गर्दैछ ?
-२०२० सम्ममा विश्वमा रहेका १२ करोड ९० लाख पुस्तक स्क्यान गरेर इन्टरनेटमा राख्ने लक्ष्य गुगलको छ ।
· गुगलले उँटलाई समेत भाडामा किन लिएको छ ?
-मरुभूमिको दृश्य संकलन गर्न
· गुगलले विज्ञापनबाट कति कमाउँछ ?
-वर्षेनी २० अर्ब डलर
साभार: अनलाइनखबरबाट









