- मिकाइल आलम

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा स्थित रहेको सुनसरी बहुमुखी क्याम्पसमा एकैदिन स्वागत तथा बिरोध कार्यक्रम भएको छ । स्नातक चौथो तह वर्षका विद्यार्थीहरुले शैक्षिकसत्र २०७५/०७६ का लागि बहुमुखी क्याम्पसमा भर्ना भएका आगन्तुक विद्यार्थीलाई स्वागत गर्न स्वागत कार्यक्रम आयोजना गरेको थियोे । उक्त कार्यक्रम नेकपा सुनसरीका जिल्ला सदस्य धर्मवीर आर्यको प्रमुख आतिथ्य तथा रन्जित मेहताको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

स्वागत कार्यक्रममा क्याम्पसमा विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरुले नाच,गीत,चुटकिला,गजल,कविता प्रस्तुत गरेका थिए । स्वागत कार्यक्रममा पंकज यादव,राजेश पण्डित,राकेश यादव,सन्तोष मेहता,पंकज मेहता लगायतको उपस्थिति रहेको थियोे भने सो कार्यक्रम कृष्ण मेहताले संचालन गरेका थिए । शुक्रबार स्वागत कार्यक्रम गर्न क्याम्पस प्रशासनको अनुमति नलिई स्नातक चौथो तहका केहि विद्यार्थीहरुले क्याम्पसको लेटरप्याड दुरुपयोग गरेको भन्दै नेविसंघ सुनसरी बहुमुखी क्याम्पस ईकाई सहितकाले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् ।

लेटरप्याड र स्टाम्पको दुरुपयोग गरी स्नातक चौथो तहमा अध्ययनरत केहि विद्यार्थीहरुले आफूखुसी विभिन्न स्थानबाट पैसा उठाएको हुँदा तत्काल नेविसंघले कार्वाहीको माग गरेको छ । क्याम्पसको लेटरप्याड र स्टाम्पको दुरुपयोग गर्ने विद्यार्थीलाई पटकपटक ध्यानाकर्षण गराउदा समेत कुनै कार्वाही नगरिएको भन्दै केहि विद्यार्थीहरुले शुक्रबार क्याम्पस प्रमुखको कुर्सी समेत जलाएको थियोे । पछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट डिएसपी ज्ञानेन्द्र फुयाल नेतृत्वको प्रहरी टोलिले अवस्था लाई साम्य पारेको थियो ।

यसैबीच शुक्रबारनै सुनसरी बहुमुखी क्याम्पसका विद्यार्थीहरुले निर्मला पन्तको न्यायको लागि बिरोध र्याली निकालेको थियो । ब्रहमदेब यादवको अध्यक्षतामा भएको सो बिरोध र्यालीमा सुनसरी बहुमुखी क्याम्पसका विद्यार्थीहरु निर्मलाको परिवारलाई छिटो भन्दा छिटो न्यायको माग गर्दै इनरुवाको विभिन्न स्थानको परिक्रमा गर्दै बस चौकमा कोणसभामा आएर सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia