यतिबेला मुलुकभर दाइजो विरुद्धको अभियान छेडिएको छ । इस्लामी संघ नेपालले मातहतमा रहेका शाखा मार्फत स्थानीय तहमा अभियान चलाइरहेका छन् । सुनसरीमा समेत दाइजो विरुद्धको अभियानमा विविध कार्यक्रमहरु आयोजना भैरहेको छ ।
इस्लामी संघ सुनसरीका अध्यक्ष मौलाना आरिफ हुसेन अन्सारीका अनुसार सुनसरीमा विशेषगरी मुस्लिम बाहुल्य क्षेत्रमा सचेतनामूलक कार्यक्रमहरु आयोजना भैरहेका छन् । भोक्राहा, कोशी, हरिनगर, बर्जु, देवानगञ्ज र दुहवी नगरपालिकामा बढी केन्द्रीत रही दाइजो विरुद्धको अभियान सञ्चालन गर्दै आएको मौलाना अन्सारीले जानकारी दिनुभयो ।
स्थानीय स्तरमा आयोजना गरिने र्यालीमा मदरसामा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहँदै आएको छ । वडा र पालिका तहमा आयोजना हुने कोण सभा तथा समारोहमा निर्वाचित जनप्रतिनिधि सहित सरोकारवालाहरु उपस्थित गराई दाइजो विरुद्धको अभियानमा ऐक्यवद्धता जनाउन लगाउने गरिएको छ ।









