- बिरेन्द्र शाह

इनरुवा। सुनसरीको इनरुवा ४ मा रहेको कश्यप विद्यापिठका शिक्षकको असामयिक निधन भएको छ । मुटुसम्बन्धि समस्याबाट पीडित शिक्षक रोशन रेग्मीको २२ वर्षको अल्पायुमा मगंलबार राति उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा निधन भएको विद्यालय प्रशासनले जनाएको छ ।

गौरादह स्थायी घर भई इनरुवामा रहेको कश्यप विद्यापिठमा कार्यरत शिक्षक रेग्मीले कक्षा ८ सम्म कम्प्युटर, स्वास्थ्य र जनसंख्या विषय पढाउदै आउनुभएको थियो । यसैबिच कश्यप बिद्यापिठ इनरुवाका शिक्षक रोशन रेग्मीको आसमयीक निधन प्रति इनरुवा प्याब्सन, युपिएस इनरुवा इनरुवा र नेपाल प्याब्सनले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै श्रद्धान्जली व्यक्त गरेको छ । युपिएस इनरुवा नगर अध्यक्ष राजकुमार मेहता, नेपाल प्याब्सन अध्यक्ष राजाराम मेहता र इनरुवा प्याब्सनका अध्यक्ष मनोज यादवले संयुक्त रुपमा मृतकको आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रन्जान्ली अर्पण गर्नुभएको छ ।

साथै सोकाकुल परिवारमा धैर्य धारण गर्न क्षमता मिलोस भन्ने ईश्वर सङ्ग प्रथाना समेत गरिएको छ । सो दुखद घडीमा इनरुवा नगर क्षेत्र भित्र रहेका सम्पूर्ण निजी विद्यालयहरू बुधबार एक दिनका लागि बन्द गरिएको समेत इनरुवा प्याब्सनका अध्यक्ष मनोज यादवले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia