भाण्टावारी । सुनसरीको कोशी गाउँपालीका ८ स्थित भाण्टावारीमा लागूऔषध विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ । कोशी गाउँपालीका वार्ड नम्बर ८ को सहयोगमा ग्रामीण विकास समाज नेपालले पिछडिएको समुदायको बालबालिकाहरु लाई लक्षित गरेर लागूऔषध विरुद्धको सचेतना कार्यक्रम आयोजना गरेको थियो ।

कोशी गाउँपालीका वार्ड नम्बर ८ का अध्यक्ष विन्देश्वर प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष शमसाद अन्सारीले गरेका थिए । श्री निम्नमाध्यमिक बिद्यालय तथा मदरसा दारु सलाम भाण्टावारीका गरी सहभागी ५० जना विद्यार्थीहरु लाई जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुनिल दाहाल र बिओपी भाण्टावारीका सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले लागूऔषध र यसबाट पर्ने असरका बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रम समापनको अवसरमा बोल्दै प्रहरी निरीक्षक सुनिल दाहालले विद्यार्थी भोलिको कर्णधार भएको बताउदै बिद्यालयस्तरमा यस्ता कार्यक्रम समय समयमा हुनु आवश्यक भएको बताए । सोही कार्यक्रममा बोल्दै बिओपी भाण्टावारीका सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले सिमा क्षेत्र लागूऔषध कर्ताहरुको लागि केन्द्र बिन्दु भएको बताउदै यस्ता किसिमका कार्यक्रमले चेतनामूलक सन्देश जाने बताए ।

पछिल्लो समयमा पहिलाको तुलनामा लागूऔषध कर्ताको संख्यामा कमि आएको भण्डारीको दाबी थियो । सो कार्यक्रममा प्रअ मोहित नारायण मण्डल,वार्ड सदस्य छोटकैन खत्वे,शिक्षक बिष्णु यादव,रामपृत मण्डल,सुर्य कार्की, दिलजान आलम,जुबेर आलम,इसराफिल आलम,सहबाज,मौलाना प्रवेज,ओलि मोहम्मद सहित ६० जना बढीको उपस्थिति रहेको थियो भने कार्यक्रम संचारकर्मी मिकाइल आलमले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia