laptop_charge_mobile

पुष ९ । देशमा लोडसेडिङ समस्या छ। भनेको समयमा विजुली आउँदैन। यसैका कारणा मोवाइल वन्द हुने अवस्था आउँछ।कहिले काहिँ स्मार्ट फोन चार्ज गर्नको लागि विजुलीको प्लग मिल्दैन। विजुली नभएको ठाउँमा पुग्दा अर्को समस्या। यस्तो समस्यामा पनि स्मार्ट फोन चार्ज गर्ने एक राम्रो तरिका छ।

यदी तपाई ल्यापटप प्रयोग गर्नु हुन्छ भने त्यहाँबाट स्मार्ट फोन चार्ज गर्न सक्नु हुन्छ। यो त सबैलाई थाहा भएकै कुरा हो। तर ल्यापटप बन्द गरेर पनि स्मार्ट फोन चार्ज गर्न सकिन्छ भन्ने थाहा नहुन पनि सक्छ। तर चिन्ता नगर्नुस् हामी तपाईलाई सिकाउने छौं। ल्यापटप खोलेर मोवाइल चार्ज गर्दा ल्यापटपको पावर छिटो सकिने समस्या हुन्छ। यसकारण बन्द ल्यापटपबाट चार्ज गर्दा पावर सेभ हुन्छ।

विन्डोज ७ या त्यस पछिका अपरेटिङ सिस्टम भएका कम्प्युटरको माई कम्प्युटरमा क्लिक गर्नुस् त्यस पछि प्रपर्टिज छानेर डिवाइस म्यानेजर मा क्लिक गर्नुस्।

त्यस पछि यूनिभर्सल सिरियल बस कन्ट्रोलर देखिनेछ त्यहाँ क्लिक गरेपछि युएसबि रुट हब लेखेको देखिनेछ। त्यसको प्रपर्टिजमा क्लिक गरेपछि पावर म्यानेजमेन्ट ट्यावमा एलो कम्प्युटर टु टर्न अफ दिस डिभाइस टु सेभ पावर लेखेको देखिने छ। त्यसको साथमा रहेको बक्सबाट टिक मार्क हटाइदिनुस्।

यति गरिसकेपछि तपाई आफ्नो स्मार्ट फोन ल्यापटप बन्द भएको समयमा पनि चार्ज गर्न सक्नु हुनेछ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia