इनरुवा । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद सिटिईभिटीको पुर्व क्षेत्र क्षेत्रिय कार्यालय इटहरीले इनरुवामा अबैध रुपमा संचालित ऐलेन कलेज अफ ईञ्नियरिङ प्रा.ली. इनरुवाले संचालन गर्दै आएको कार्यक्रम तत्काल बन्द गर्न परिपत्र गरेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषदबाट सम्बन्धन नलिई प्रशिक्षार्थीलाई बिभिन्न आश्वासन दिई कम्प्युटर सिस्टम एडमिनिस्ट्रेटर एण्ड डेभलपर १३२० घण्टा कार्यक्रम परिषदको नियम विपरित संचालन गरेको र विद्यार्थीबाट अस्वभाबिक तरिकाले शूल्क असुल गर्दै आएको भन्दै प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषदको पुर्व क्षेत्र क्षेत्रिय कार्यालय इटहरीले ऐलेन कलेज अफ ईन्जिनियरिंग प्रा.ली. इनरुवाले संचालन गरेको कार्यक्रमलाई बन्द गर्न परिपत्र गरेको हो ।

ऐलेन कलेज अफ ईन्जिनियरिंग प्रा.लीले प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषदबाट सम्बन्धन नलिई सिटिईभिटी बाट मान्यता प्राप्त भनि बिज्ञापन गरी प्रशिक्षार्थीहरुलाई बिभिन्न आश्वासन दिई कम्प्युटर सिस्टम एडमिनिस्ट्रेटर एण्ड डेभलपर १३२० घण्टाको कार्यक्रम परिषदको नियम विपरित संचालन गरेको साथै अस्वभाविक तरिकाले शुल्क समेत असुल गर्दै गरेको कुरा त्यस संस्थाको निरिक्षणको क्रममा भेटिएकोले उक्त कार्यक्रम तुरुन्त बन्द गरी सो को जानकारी यस कार्यालयमा उथासिघ्र जानकारी गराउनु हुन अनुरोध छ । अन्यथा बन्द गराउने कारवाही अगाडि बढाउनका लागि श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यू, लाई अनुरोध गरिने समेत जानकारी गराईन्छ भनि प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद सिटिईभिटी पुर्व क्षेत्र क्षेत्रिय कार्यालय इटहरीका निर्देशक डा. शिव प्रसाद दाहालले माघ १० गते  ऐलेन कलेज अफ ईन्जिनियरिंग प्रा.ली. इनरुवाको नाममा परिपत्र गरेको थियो ।

विगत लामो समय देखी सिईटिभीटीबाट मान्यता प्राप्त भन्दै ऐलेन कलेज अफ ईन्जिनियरिंग प्रा.ली. इनरुवाले उक्त कार्यक्रममा बिद्यार्थीलाई नियम बिपरित भर्ना गर्दै चर्को शूल्क असुल गर्दै आएको छ । स्थानीय अभिभावकहरुले ऐलेन कलेज अफ ईन्जिनियरिंग प्रा.ली. बिरुद्ध प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषदको पुर्व क्षेत्र क्षेत्रिय कार्यालय इटहरीका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय सुनसरी लगायत नियमनकारी निकायमा कार्वाहीका लागि निवेदन दर्ता गराएका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia