इनरुवा । सुनसरीको कोशी गाउँपालीका ५ स्थित कुम्याहीमा शिक्षाको महत्त्व तथा स्थानीयस्तरमा युवाको नेतृत्व विकास विषयक १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोशी गाउँपालीका वार्ड नम्बर ५ द्वारा आयोजित उक्त कार्यक्रममा स्थानीय मदरसा र बिद्यालयका विद्यार्थी तथा स्थानीयस्तरका युवायुवतीहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

ग्रामीण क्षेत्रमा जनचेतना अभावमा दिनप्रतिदिन शिक्षामा पहुँच घट्दै गएकोले जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष साहजमालले बताएका छन् । खासगरी ग्रामीण क्षेत्रमा पिछडिएका वर्गका बालबालिकालाई बिद्यालय पढाउनुपर्छ र शिक्षित बनाउने सवालमा रुचि नभएको पाइएको वडा अध्यक्ष साहजमालको भनाइ थियो ।

आफूले पटकपटक दलित तथा पिछडिएका समुदायका बालबालिकालाई शिक्षा आर्जन गराउन सहयोग गर्न चाहेपनि कोहि सहयोग माग्न अहिलेसम्म नआएको अध्यक्ष साहजमालको भनाइ छ। शिक्षाको विकास हुनसके मात्र अरु विकासे कार्यले गति लिने भएकोले शिक्षा विकासमा आफूले जोड दिदै आएको साहजमालले बताए । कोशी गाउँपालीका वार्ड नम्बर ५ का वडा अध्यक्ष साहजमालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहभागी युवायुवतीलाई सहजकर्ता संचारकर्मी पवन रौनियार र रिणा साहले प्रशिक्षण दिएका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia