इनरुवा । सुनसरीको कोशी गाउँपालीका ३ स्थित रहेको नहर चौकमा एकदिवसीय विशाल सभा कार्यक्रम सम्पन्न भएको छ । जमाई फातिमातुजहारा वेलभेर सोसाइटी नेपाल कोशी गाउँपालीका पश्चिम कुसाहाले आयोजना गरेको उक्त कार्यक्रम बिहीबार राति सम्पन्न भएको हो ।

ईसराफिल अन्सारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कोशी गाउँपालीका ३ का अध्यक्ष सुलेमान मन्सुरी, सिमा प्रहरी चौकी भाण्टावारीका प्रहरी नायव निरीक्षक अवधलाल साह सोनार, मौलाना फिरोज, मौलाना कारी अन्जल, हाजी सामुल, उमर अन्सारी, मनेवर सहितको उपस्थिति रहेकोे थियो ।कार्यक्रममा मदरसा अध्ययनरत विभिन्न कक्षाका विद्यार्थीहरुले आ आफ्नो प्रस्तुति दिएका थिए ।

मदरसाका विद्यार्थीहरुले तकरीर, नज्म र नाटक प्रस्तती मार्फत समाजमा ईस्लामिक शिक्षाको महत्त्व बारेमा जानकारी गराउने प्रयास गरेको स्थानीय समशाद अन्सारीले बताए । समाजमा विद्यमान दाइजो प्रथा, बालविवाह, लगायत समाजिक विकृति बाट पर्ने असर र त्यसबाट बच्न अपनाउन सकिने उपायका बारेमा सहभागीहरु लाई मदरसामा अध्ययनरत विद्यार्थीहरुले जानकारी गराएको अन्सारीको भनाइ छ । सो कार्यक्रम हेर्न कोशी गाउँपालीका सहित विभिन्न क्षेत्रबाट आएका सयौं पुरुष तथा महिलाको उपस्थिति रहेकोे थियो । कार्यक्रम प्रभावकारी भएको बताउदै आयोजक समितिका अध्यक्ष ईसराफिल अन्सारीले आगामी दिनमा समेत यस्ता कार्यक्रम आयोजना गरिने बताएका छन् । चन्दा उठाएर मदरसामा अध्ययनरत विद्यार्थीहरुको प्रतीभा देखाउन तथा समाजिक विकृति हटाउन सहयोग पुग्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष अन्सारीले बताए ।









