इनरुवा। सुनसरीको सदरमुकाम इनरुना नगरपालिका ७ चान्दबेलामा रहेको नेपाल राष्ट्रिय हरि माविमा कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सुरु भएपछि निजी विद्यालय छाडेर विद्यार्थी सामुदायिक विद्यालय आउन थालेका छन् । यस माविमा कक्षा शिशुदेखि कक्षा ५ सम्म अभिभावकको मागलाई सम्बोधन गरेर अंग्रेजी माध्यमबाट पढाई गर्न थालेपछि निजी विद्यालय छाडेर समेत विद्यार्थीहरु आउन थालेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकुमार सिंहले बताउनुभयो ।
गरिब विपन्न समुदायका बालबालिकाहरु निजी विद्यालयमा जान नसकेको र सरकारी विद्यालयमा गुणस्तर पढाइ नभएको गुनासोलाई चुनौती दिन अग्रेंजी माध्यममा पठनपाठन सुरु गरेको सिंहले जानकारी दिनुभयो ।वहाँका अनुसार सामुदायिक विद्यालयमा समेत निजीका विधार्थीहरु आउन थालेकाले यस माविलाई नमुनाको रुपमा पहिचान गराउन सफल भएको विद्यालयले दावी रहेको छ । यस क्षेत्रका विपन्न, गरीव, थारु र मधेसी समुदायका बालबालिकाहरुका लागि कक्षा ५ सम्म अग्रेजी माध्यमबाट पठन पाठन सुरु गरेको प्रधानाध्यापक काशि चौधरीले बताउनुभयो । विद्यालयलाई जिल्लाको नै नमुनाका रुपमा अग्रेजी माध्यमबाट पठन पाठनको व्यवस्था मिलाइएको प्रधानाध्यापक चौधरीले जानकारी दिनभुयो ।
चौधरीका अनुसार विद्यालयमा शिशु कक्षा देखि कक्षा ५ सम्म अग्रेजी माध्यमबाट निजी विद्यलायको भन्दा राम्रो पठनपाठन भइरहेको छ । शिक्षकहरु र प्रधानाध्यापकका बीचमा सम्बान्ध राम्रो भएकाले पढाई अरुको तुलनामा गुणस्तरीय रहेको शिक्षक सुभकलाल सरदारले बताउनभुयो । सरदारका अनुसार यहाँका शिक्षकहरुले विधार्थीलाई नियमित र प्रत्येक विषयमा एक देखी दुई वटा गृहकार्य दिने र दैनिक कपी परीक्षण समेत गर्ने र पृष्टपोषण समेत दिने गरेको छ । विद्यार्थीहरुको शैक्षिक प्रगति परीक्षणका लागि मासिक परीक्षा समेत लिईरहेको सरदारले बताउनभुयो ।









