लौकही । सुनसरी जिल्लको सिमावर्ती क्षेत्रमा रहेका कोशी गाउँपालिका ५ स्थित मदरसा दारुल होदा सल्फिया कुम्याहीमा एक दिने हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक दिगो विकास मञ्च कोशी गाउँपालिका २ सुनसरीको आयोजना र ५ नम्बर वडा कार्यालय श्रीपुरको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथी कोशी गाउँपालिका ५ का वडा अध्यक्ष साहजमाल, बिशिस्ट अतिथि सोही वडाका वडा सचीव रामशेवक महतो,अतिथिहरुमा वडा सदस्य कम्लेशवरी यादव,राष्ट्रिय मा.बि.सोभनपुर विधालयका प्रा.अ. हरेकृष्ण यादब लगायतको उपस्थिति रहेको थियोे । सो हाजिरी जवाफ प्रतियोगिता कार्यक्रममा कोशी गाउँपालिका ५ मा रहेका ३ वटा मदरसा दुई वटा प्रावि बिधायलयको साहभागिता रहेको थियो । भने हाजिरी जवाफ प्रतियोगितामा प्रथम सारदा प्रा.वि. का विद्यार्थी अशोक यादब भएका थिए।
प्रथम बिजेता समुहलाई साइकल र नगद २ हजार वडा अध्यक्ष साहजमालले वितरण गरेको वडा सचीव रामशेवक महतोले बताए । सोही कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष जमालेले आगामी १ महिना भित्र फेरि यास्ता शिक्षा सम्बन्धि कार्यक्रमहरु ल्याउने र प्रथम हुने विद्यार्थीलाई नगद १० हजार सम्म प्रदान गर्ने घोषणा गरेका छन्। उक्त सम्पन्न कार्यक्रममा अध्यक्षता अनिता उराँवको थियो भने कार्यक्रम संचालन पवन रौनियारले गरेका थिए।









